जनकपुरमा अनुगमन गर्न थालेपछि अवैध औषधि पसलेको भागाभाग
२१ मंसिर, जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् ।
विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ ।
सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागको वीरगञ्ज शाखाका फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताए ।
उनका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालहरुमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरको पाइएको छ ।
दर्ता भएका केही औषधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरु बाहिर रहेको बताएका छन् । उनीहरूलाई फर्मासिस्ट आफैं बस्नु पर्ने अथवा अनुपस्थित भएमा बन्द गर्न सुझाव दिएको उनले बताए ।
बिगतमा पनि अनुगमनमा आउँदा अवैध औषधि पसल सञ्चालक बन्द गरेर भाग्ने गरेको टोलीको भनाइ छ
क्याटेगोरी : जीवनशैली, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्