Techie IT
बिहीबार, कात्तिक २७,२०८३

६५ करोड ऋणमा सनी देओललाई राहत, बैंकले फिर्ता लियो घर लिलामीको सूचना


काठमाडौं । ६५ करोड भारुको ऋण संकटमा बलिउड अभिनेता तथा सत्तारुढ भाजपा सांसद सनी देओललाई राहत मिलेको छ । बैंक अफ बडोदाले देओलको जुहुमा रहेको सनी भिल्लाको लिलामी सूचना फिर्ता लिएको छ । बैंकले सोमबार प्राविधिक कारणले सूचना फिर्ता लिइएको जनाएको हो ।

बैंकले २४ घण्टाभित्र आफ्नो निर्णय परिवर्तन गर्दै देओलको सम्पत्ति लिलामीमा रोक लगाएको छ । यस विषयमा कांग्रेस नेता जयराम रमेशले प्रश्न उठाएका छन् । सोमबार ट्वीट गर्दै उनले लिलामी रोक्नुको प्राविधिक कारण कहाँबाट आयो ? भन्दै प्रश्न गरेका

आइतबार प्रकाशित सूचना अनुसार सन्नीले ५६ करोड रुपैयाँ ऋण लिएका थिए, जुन तिर्न सकेनन् । ऋण नतिरेपछि बंगलाको लिलामीको मिति पनि २५ सेप्टेम्बरमा दिइएको थियो । बैंकले सनीबाट ऋण असुलीको सूचना समेत प्रकाशित गरेको थियो । यसमा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम पनि लेखिएको थियो ।कांग्रेस नेता जयराम रमेशले ट्वीट गर्दै प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘हिजो दिउँसो, देशलाई थाहा भयो कि बैंक अफ बडोदाले भाजपा सांसद सनी देओलको जुहूको घर ई–लिलामीको लागि राखेको छ किनभने उनले बैंकलाई ५६ करोड रुपैयाँ तिर्न बाँकी छ । आज बिहान २४ घण्टा भन्दा कम समयमा देशले थाहा पाएको छ कि बैंक अफ बडोदाले ‘प्राविधिक कारणले’ लिलामी सूचना फिर्ता लिएको छ । कुन कारणले यस्तो निर्णय लिनुपर्‍यो ?’


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्