भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल
२० मंसिर,काठमाडौं । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् । व्यवसायीहरुको हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको छ ।
बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीहरुको आरोप छ ।भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए । भ्याटमा नगएको भन्दै व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने जस्ता कार्य आन्तरिक राजस्व कार्यालयबाट भएको उनको आरोप छ ।आन्तरिक उत्पादनमै जोडेर भ्याटको कारोबार हेर्न थालेपछि हामी कारोबार नगर्ने अवस्थामा पुगेका हौं,’ गजुरेलले भने, ‘हामीले कारोबार रोकेको नभई व्यापार नगर्ने भनेर आ–आफ्नो कारोबार बन्द गरेका हौं ।’
चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निर्णय गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन ।देशैभरका व्यापारीहरुले आलु र प्याजको कारोबार झण्डै तीन दिनदेखि रोकेको कालीमाटी बजार विकास समितिले जनाएको छ । बजारमा आलु प्याज आयात नभएको र आलु तथा प्याजको स्टलहरु खाली भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्