श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ
सुनसरी – सुनसरी सुन्दरहरैचा ५ बासबारी निवासी दिल बहादुर अधिकारी वहाँका छोरा राजकुमार अधिकारी को घरमा मंसिर १६ देखि श्रीमद्गभागवत् सप्ताह ज्ञान महायज्ञ भइरहेको छ ।
आदरणिय गुरू माहाराज श्री कपिलदेव भट्ट ज्युको मुखारविद्दु बाट कथा प्रवचन भइरहेको छ भने उहाका साथमा श्री डेगनाथ ढकालज्यु उपवाचकका रुपमा हुनुहुन्छ । थप मिठासका लागि भजन मण्डली तथा बाजाको जम्बो टोली रहेको छ।
अधिकारी परिवारकि ममतामयि आमा स्व.तेजकुमारी अधिकारीको बार्षिक तिथिको अवसरमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ गरिएको मंसिर २४ गते समापन गरिने छोरी शारादा अधिकारीले जानकारी दिनुभयो |
गुरु माहाराज श्री कपिलदेव भट्ट ज्यु भन्नुहुन्छ भगवाद गीतालाई सनातन वैदिक (हिन्दु) धर्मको सार मानिन्छ । यसका विचारहरु संसारका सबै मान्छे र सबै कालखण्डमा लागु हुनसक्छन् । यसमा योग, कर्म, वेदान्त र भक्ति जस्ता विषयमा व्यवहारिक तथा महान निर्देशनहरु पाइन्छन् । यसमा भगवानले ‘सहि कर्म’ के हो र ‘भगवानले आफ्ना भक्तलाई कसरी उद्धार गर्छन्’ भन्ने महत्वपूर्ण कुरा उल्लेख गरिएको छ |
श्रीमद्गभागवत् सप्ताह महायज्ञमा गुरु माहाराज कपिलदेव भट्ट ज्यु लगायत समस्त परिवारले यस माहायज्ञको लाभ उठाउन समस्तलाई चुले निम्तो गर्नुभएको छ भन्ने समस्त अधिकारी परिवारले बताउनु भयो |
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्