टोखामा महिलाहरुदारा संचालित जुनेली महिला सहकारीको साधारण सभा सम्पन्न :वडा अध्यक्ष धर्मेन्द्र भन्छन महिला लछित योजना धेरै छन
टोखा नगरपालिका वडा नं २ स्थित जुनेली महिला बचत तथा ऋण सहकारीको १७ औ बार्षिक साधारण सम्पन्न सम्पन्न भएको छ । सपनातिर्थ मन्दिर परिसरमा सम्पन्न भएको १७ औ बार्षिक साधारण सभाको उद्घाटन गर्नुहुदै टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले पानसमा बत्ति बालेर सभा उद्घाटन गर्नु भएको थियो ।
सोही अवसरमा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले आफू जनप्रतिनिधि भएर आए देखि महिला दिदी बहिनीहरुलाइ लछित गरेर धेरै योजना अगाडि ल्याएको बताउनुहुदै पुराना भेषभुसा जस्तै ढाका कपडा बुनाइ ,हाकु पतासी बुनाइ, पतुका बुनाइ, खदा बुनाइ कृषिमा लगानी गर्न टोखा नगरपालिका र टोखा नगरपालिका वडा न २ जहिले पनि तयार भएको जानकारी सथै प्रतिबद्धता पनि जनाउनु भयो र सह लगानीमा उघोग सन्चालन गर्न पनि तयार भएको जानकारी गराउनुभयो ।
निर्बाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गर्नु हुदै मैलिक ढाका कपडा बुनाई, हाकु पतासी बुनाइ ,पटुका बुनाई,सलाई उघोगको रुपमा अगाडि बढाउन टोखा नगरपालिका वडा न २ सधै तयार भएको जानकारी र प्रतिबद्धता जनाउनु भयो ।
सो अवसरमा जुनेली महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी , सल्लाहकार र सदस्य महिलाहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #जुनेली महिला बचत तथा ऋण सहकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्