Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एक महिनादेखि जिम्मेवारविहीन रहेका कोशी प्रदेशका तीन जना मन्त्रीहरूले पाए जिम्मेवारी


एक महिनादेखि जिम्मेवारविहीन रहेका कोशी प्रदेशका तीन जना मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री केदार कार्कीले शपथ खाएकै दिन कांग्रेसबाट मन्त्री बनेका शम्शेर राई र पछि नियुक्त भएका अन्य दुई बिनाविभागीय मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

बिनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

तीन मन्त्रीले जिम्मेवारी पाएपनि आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीसँगै छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्