केपी ओली कपको उपाधि मधेस प्रदेशलाई
कास्की । केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रवार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
मधेसले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ मात्र बनाउन सक्यो । सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् ।
आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।
बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।
यसअघि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३९३, सोमपाल कामी र बसिर अहमदले १९१ विकेट लिए । उपाधि जितेको मधेसले नगद ५ लाख हात पार्यो । फाइनलमा मधेससँग पराजित भएको आर्मीले २ लाख ५० हजारमामा चित्त बुझायो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्