समृद्धिका लागि संकल्प यात्रा : आज डडेल्धुरा र डोटीमा एमालेको सभा
काठमाडौं, १५ मंसिर । नेकपा (एमाले)को मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ विशेष अभियानअन्तर्गत आज डडेल्धुरा र डोटीमा सभा हुँदैछन् ।
अभियानको दोस्रो दिन एमालेले डडेल्धुराको बसपार्क र डोटीको सिलगढीमा सन्देश सभा गर्न लागेको हो ।
डडेलधुराको सन्देश सभा अगाडि जिल्लाको सबैभन्दा माथिल्लो भाग अमरगढी जाने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जनाकारी दिए । आज बिहान १०ः०० बजे अमरगढी जाने, त्यसपछि बसपार्कमा सन्देश सभा गरेर डोटीको यात्रामा निस्कने उनले जानकारी दिए । उनका अनुसार बाटोमा स्थानीय सर्वसाधारण, शिक्षक, विद्यार्थी, सरोकारवाला पक्ष लगायतसँग छलफल अन्तरक्रिया हुनेछ ।
दिउँसो डोटीको सिलगढीमा सभाको आयोजना हुनेछ । त्यसपछि नेताहरू आज दिपायलमा बास बस्ने सचिव चन्दले जानकारी दिए । उनका अनुसार शनिबार बिहान अछाम जाने तय भएको छ ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० किलोमिटरको यात्रा हिँड्ने जानकारी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले डडेल्धुरादेखि डोटीसम्म ७० किलोमिटर दूरी हिँड्ने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘आज यात्राको दोस्रो दिन अमरगढी, सकाली, गोपघाट, राजपुर चोक, दिपायल हुँदै ७० किलोमिटर दूरी पार गरेर सिलगढी पुग्ने छौँ । यात्रामा भेटौँ है!’
बिहीबार अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए । एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । एमालेले एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो पनि सुन्ने भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्