आफैँ अस्थायी आवास बनाउने भूकम्प पीडितले पनि ५० हजार पाउने
१४ मंसिर, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुले आफैँ अस्थायी आवास बनाए पनि सरकारले दिने ५० हजार रुपैयाँ पाउने भएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार सुरूमा यसमा अन्योलता भएको भनी रिपोर्टिङ भएको थियो । त्यसपछि सरकारले आफैँ बनाउने प्रभावितले पनि सरकारले उपलब्ध गराउने रकम पाउने गरी निर्णय गरेको र त्यस अनुसार कार्यविधि तय गरेको बताए
स्थानीय सरकारको वडाको सिफारिसमा प्रभावितले यो रकम पाउन सक्ने गरी निर्णय भएको उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा जानकारी गराएका हुन् ।
छलफलमा समिति सभापति दिल कुमारी रावल थापा (पार्वती)ले स्थलगत अनुगमनका क्रममा आफैँ अस्थायी आवास बनाउनेहरु अन्योलमा रहेको पाइएको बताएकी थिइन् । ‘घरका सदस्यहरु भएकाहरुको हकमा आफैँ अस्थायी आवास बनाएका छन् । तर, सरकारी सहयोग पाउने के हुने भन्नेमा अन्योलता रहेको पाइएको थियो,’ उनले छलफलमा भनिन् ।
जवाफमा गृहमन्त्री श्रेष्ठले त्यस्तो समस्या समस्या समाधान भइसकेको बताएका हुन् ।
गृहमन्त्रालयका सचिव दिनेश भट्टराईका अनुसार जाजरकोटमा ९ हजार ७९४ घरमा पूर्ण क्षति भएको छ भने २४ हजार घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा १६ हजार ५७० घरमा आंशिक क्षति भएको छ भने ९ हजार ९६१ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा १६ वटा सार्वजनिक भवनमा पूर्ण क्षति भएको छ भने २१ वटा भवनमा आंशिक क्षति पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्