स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी
१४ मंसिर, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
डा. लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकास प्राप्त कर्मचारी हुन् । नेपालमा स्वास्थ्य बीमा सुरु गर्दाताका डा. लोहनी कार्यकारी निर्देशक थिए । गत २४ माघमा डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो ।
यसैगरी स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा महोत्तरी निवासी सुवोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता शर्माले बताइन्
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्