बाजुरामा जिप दुर्घटना एकको मृत्यु एक घाइते
बाजुरा । बाजुराको हिमाली गाउँपालिका ६ धुलाचौर नजिकै बोलेरो जीप दुर्घटना भएको छ ।
धुलाचौरबाट कोल्टीतर्फ जाँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका ९ का २७ बर्षिया मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बताउनु भयो ।
त्यस्तै जिपमा सवार बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ का अन्दाजी १८ बर्षिया बसन्त धामी घाइते भएका छन् उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ऐरीले जानकारी दिनुभयो ।
जिपमा सवार ४ जना मध्ये चालक र अर्का एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीप चालक खत्याड गाउँपालिका ९ का दल बहादुर लावणलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्