Techie IT
बिहीबार, कात्तिक २७,२०८३

क्यानडा पठाउने प्रलोभन देखाइ करोडौँ रकम ठगेर कन्सल्टेन्सी सञ्चालक फरार


काठमाडौं, १३ मंसिर । वर्क परमिट भिसामा क्यानडा पठाउने भन्दै एक कन्सल्टेन्सीले करोडौँ रुपैयाँ असुलेर फरार भएको छ ।

काठमाडौंको पुरानोबानेश्वरस्थित कात्यानी चोकमा अवस्थित एजुकेशन कन्सल्टेन्सी ‘क्यारियर कनेक्ट प्रा.लि.ले विभिन्न व्यक्तिसँग करोडौँ रुपैयाँ उठाएर फरार भएको हो ।

नरेन्द्र कुमार गुप्ता र प्रवीण कुमार झाले सञ्चालन गरेको सो कन्सल्टेन्सीले करिब ७० जनासँग दुईदेखि १० लाख रुपैयाँसम्म उठाएर फरार भएको पीडितहरूले बताएका छन् । एजुकेशन कन्सल्टेन्सी भए पनि आफूहरूले वर्क परमिट भिसामा वैधानिक रुपमै क्यानडा पठाउने भन्दै कन्सल्टेन्सीका सञ्चालकहरूले ती व्यक्तिहरूसँग तीन करोड रुपैयाँ बढी ठगी गरेर अन्तत: फरार भएका हुन् ।

क्यानडा जान कन्सल्टेन्सी पुगेका कुमार ठटाल नामका व्यक्तिलाई सञ्चालकद्वय गुप्ता र झाले कार्यालयमा कर्मचारी बनाइ उनै ठटालको नामबाट कन्सल्टेन्सीले विभिन्न व्यक्तिसँग करोडौं रकम असुल गरी ठगी गरेको पाइएको छ । स्रोतका अनुसार सञ्चालक गुप्ता र झाले कुमार ठटाललाई क्यानडाको भिसा प्राप्त नहुञ्जेल कार्यालयमै बसेर काउन्सिलिङ गर्नेगरी कर्मचारी नियुक्त गरेको र ठटालको समेत बैंक खाता प्रयोग गरेर व्यक्तिहरूमाथि ठगी धन्दा चलाएको बुझिएको छ


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्