Techie IT
बिहीबार, असार ११,२०८३

दोस्रो एनटिए लिग तेक्वान्दो बिहीबारबाट


काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटिए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारबाट ललितपुरमा सुरु हुने भएको छ।

संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते बिहीबारबाट १६ गतेसम्म  प्रतियोगिता गरिने जानकारी दिएको हो।

प्रतियोगितामा पुम्से र ग्यरोगी तर्फबाट ७२ स्वर्ण पदका लागि ६५० खेलाडीले सहभागिता जनाउने संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए।

प्रतियोगिताबाट खेलाडीहरूको राष्ट्रिय वरिताक्रम मापन गरी सोही बमोजिम स्तर र वर्गीकरण गरिने उनले बताए। प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र देशभरका खेलाडीको सहभागिता रहने चन्दले जानकारी दिए।

खेलहरू ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुने संघले जनाएको छ।


क्याटेगोरी : समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्