फागुनसम्मका लागि खरिदार कर्मचारीको सरुवा स्थगन
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सोसरहका कर्मचारीको सरुवा आगामी फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई मङ्गलबार परिपत्र गर्दै आगामी फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गरिएको जानकारी दिँदै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत गरेको छ ।
लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका कार्यालयमा सरुवा भइजाने क्रम देखिएको भन्दै मन्त्रालयले फागुन मसान्तसम्म खरिदारको सरुवा स्थगन गरेको हो ।
बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा सोसरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिरहेका बढुवामा मर्का पर्ने भएकाले मन्त्रालयले उक्त पदका लागि सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य स्थगित गरेको हो ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्