बाँकेका विद्यार्थीद्वारा सैनिक सामग्री अवलोकन
बाँके ।बाँकेमा विद्यार्थीहरूलाई सेनाका गतिविधि, अनुशासन तथा सैन्य सामग्री लगायत जानकारी दिन सैनिक सामग्री प्रदर्शन गरिएको छ ।
नेपाली सेनासँग आबद्ध भएका बाँके र बर्दियाका १७ वटा विद्यालयका विद्यार्थीहरूका लागि सैनिक सामग्री प्रदर्शन गरिएको हो । मंगलबार बाँकेको राँझास्थित बज्रदल गणको आयोजनामा नेपाली सेनाले १० वटा स्टल राखेर प्रदर्शन गरिएको गणका गणपति एवं प्रमुख सेनानी रविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई सेनाका क्रियाकलापबारे अवगत गराउने उद्देश्यले सैनिक सामग्री प्रदर्शन गरिएको हो ।
प्रमुख सेनानी श्रेष्ठले ‘युवा पुस्तामा देशप्रतिको भावना जगाउन पनि यस्ता कार्यक्रम गर्दै आइरहेको र यस्ता कार्यक्रमले विद्यार्थीहरूमा भएको सेना प्रतिको उत्सुकता, दृष्टिकोण र सेनाको अनुशासनका बारेमा बुझाउन सहयोग गर्ने गरेको बताउनु भयो।
प्रदर्शनीमा सेनाका पौराणिक पोशाक, एनसीसी क्याडर, विपद्सम्बन्धी सामग्री, उद्धारमा प्रयोग गरिने सामग्री, माइनहरू, लडाइँमा प्रयोग गर्ने गाडीलगायत सामग्री राखिएको आबद्ध स्कुल समन्वय अधिकृत एवं बज्र दलका सेनानी शिव थापाले बताउनुभयो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्