Techie IT
बिहीबार, कात्तिक २७,२०८३

तारकेश्वरमा साढे सात लाख रुपैयाँ बराबरको चोरी


काठमाडौँ । काठमाडौँको तारकेश्वरको एक घरमा सुनचाँदीसहितको धनमाल चोरी भएको छ ।

तारकेश्वर नगरपालिका-६ पैयुटार बस्ने कुमार श्रेष्ठको घरमा कोही नभएको अवस्थामा झ्यालको सिसा फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना, ल्यापटप र मोबाइल समेत गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा साढे सात लाख रुपैयाँ बराबरको चोरी


तपाईको कमेन्ट लेख्नुहोस्