चितवनमा एकै दिन ३ वटा शवहरु भेटिए
चितवनमा एकै दिन ३ वटा वेवारिसे शवहरु भेटिएका छन् । पूर्वी चितवनको खैरहनी एक र भरतपुरमा दुई गरि एकैदिन ३ जनाको शव भेटिएको हो । तीनैवटा शवको पहिचान गर्न स्थानीय र प्रहरीले सकेका छैनन्। बोराभित्र पोको पारेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा दुई वटा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो। अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन्। मुखमा टेप समेत लगाइएको छ।’ उनका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए। गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए। शवको सनाखत भइसकेको छैन। त्यस्तै खैरहनी नगरपालिका वडा ९ को राजमार्ग छेउमा एउटा शब फेला परेको छ । उक्त शबको पनि पहिचान खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्