आजदेखि हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो
४ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई सोमबारदेखि हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।
अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ खुला भएको हो । कुल जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन हुने भएकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो ।
वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० र अधिकतम ३ लाख कित्तासम्मका लागि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । मंसिर १८ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट आवेदन दिन सकिनेछ ।
गत असार मसान्तसम्मको कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा तथा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
इक्रा नेपालले कम्पनीलाई ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहनका लागि कम्पनी मध्यम माथिल्लो स्तरमा रहेको जनाउँछ ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्