विश्वकपमा कोहली सर्वोत्कृष्ट खेलाडी घोषित
भारतीय टिमका पूर्वकप्तान विराट कोहली आइसिसी एकदिवसीय विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन् ।
उनले यसपटक ११ खेलमा ३ शतक र ६ अर्धशतकको मद्दतमा ७ सय ६५ रन बनाए । कोहलीको सानदार प्रदर्शनका बाबजुद फाइनलमा अष्ट्रेलियासँग भारत ७ विकेटले पराजित भयो ।
फाइनलमा जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाले छैटौंपटक एकदिवसीय विश्वकप उपाधि जितेको हो । यसाघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत भने यसपटक पनि चुक्यो ।
भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । ऊ यसपटक अपराजित रहँदै फाइनल पुगेको थियो । भारतले फाइनलमा पनि सजह जित निकाल्ने धेरैको अनुमान थियो । तर, उपाधि भिडन्तमा भारतको ब्याटिङ/बलिङ नै कमजोर देखियो ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्