Techie IT
शुक्रबार, वैशाख २५,२०८३

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त


काठमाडौं २ मंसिर । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कुमारी बैंकले एनसीसी बैंकलाई गाभ्नु अघि कुमारी बैंकको सीईओ रहेका खनाल कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपछि बैंकको डेपुटी सीईओ भएका थिए । यसअघिका सीईओ रमेशराज अर्यालले राजिनामा दिएपछि कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त भएका हुन्।

सीईओ खनाल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । खनाललाई आगामी ४ वर्षका लागि सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको छ ।ल्बदष् िद्ययहज्ष्mबबिथबल ीषभ


क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र खनाल


तपाईको कमेन्ट लेख्नुहोस्