टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् ।
सर्वोच्चमा पेश भएका ७ वटा रिट निवेदनहरु अध्ययनका क्रममा रहेको जनाइएको छ ।
ती रिट निवेदनहरु अध्ययन गरेपछि मात्रै दर्ता हुन्छ वा हुँदैन अथवा कुन कुन रिट दर्ता हुन्छ भन्ने विषयमा निर्णय हुने अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले बताउनुभयो ।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपालमा अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक बन्द गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सर्वोच्च अदालत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्