नेपाल प्रेस युनियनद्वारा १५ विभाग गठन
विभागीय जिम्मेवारी तोकियो
नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् ।
प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो ।
प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले अनुशासन विभागको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवद्र्धन, माधव अर्यालले आचार संहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा.मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवद्र्धन, अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवद्र्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।
विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए । विभागको विस्तार क्रमशः गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ## काठमाडौं, ##नेपाल प्रेस युनियन, #hot, #बिभाग गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्