समाजसेवी गुरुङ’हिरो अफ दि युथ सोसियल इन्टरपिनर अवार्ड ’बाट सम्मानित
काठमाडौँ – समाजसेवी जगत बहादुर गुरुङ’हिरो अफ दि युथ सोसियल इन्टरपिनर अवार्ड ’बाट सम्मानित भएका छन् । उनी राष्ट्रिय पर्यटन पत्रकार संघको छैठौँ बार्षिक साधारण सभा माझ सम्मानित भएका हुन ।
संघले काठमाडौं मा आयोजना गरेको समारोहबीच पर्यटनमा लागेर विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको थियो । कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले खादा माला र मेडल सहित सम्मानपत्र दिएर उनलाई सम्मान गरेका थिए । सम्मानित भएपछि गुरुङले आफुलाई थप जिम्मेवारी थपिएको महशुस भएको बताए ।
उनले अझै शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफु संधै सक्रिय रहेर काम गरिरहने बताए । सोही अवसरमा अन्य विभिन्न व्यक्तित्व समेत सम्मानित भएका थिए ।
सम्मानित गुरूङले दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि आदि थुप्रै कार्यहरुमा समाजसेवी गुरूङ को ठुलो योगदान रहदैं आएको छ ।
सो अवसरमा संघले नेपालको पर्यटन र भिजिट ट्वान्टी ट्वान्टीलाई मध्ये नजर गर्दै बहस कार्यक्रम समेत संचालन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जगत बहादुर गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्