भूकम्पमा परि मृत्यु भएकाको तेह्रौँ दिनको पुण्यतिथिमा दीप प्रज्ज्वलन
बाँके । भूकम्प पीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट निधन भएकाहरूको १३ औँ दिनको पुण्यतिथिमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
भूकम्पमा परेर मृत्यु भएकाहरूको १३ औँ दिनको सम्झनामा आज सहजीकरण समूहले नेपालगन्जको बिपी चोकमा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठ तथा सङ्घीय सांसद दीपा शर्मा रुपाखेतीले श्रद्धाञ्जली मन्तव्य ब्यक्त गर्दै नेपालका लागि यो घटना निकै दुःखदायी रहेको बताउँदै बाँचेका पीडितलाई राहत र घरहरू पुनर्निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भूकम्पबाट प्रभावित क्षेत्रको कुशे गाउँ पालिकाका उपाध्यक्ष देविका सिंह, गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, गायक सुनिलसिंह ठकुरीले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा प्राध्यापक डा. जनार्दन आचार्य, शिक्षाविद् किरण आचार्य, ओमजङ्ग शाह, धर्मजङ्ग शाह, पूर्व डिएसपी द्वय गणेश विक्रम शाह र श्यामजङ्ग शाह, आशा शाह, अर्जुनजङ्ग शाह, सामाजिक अभियन्ता मीन मल्ल, हेमन्तराज काफ्ले लगायतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्