रौतहटको विभिन्न सीमावर्ती नाकाबाट व्यापक तस्करी हुदै
ललन कुमार चौरसिया रौतहट २८ कार्तिक । भारत र नेपालको खुल्ला सीमा नाकाको फाइदा उठाउँदै विभिन्न चोर नाकाबाट तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको विषयले चर्चा पाएको हो । पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल-भारत गर्ने तस्करहरू चल्ती चलेको स्थानीयको भनाई छ ।
स्रोतका अनुसार लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया बगर, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्रीको तस्करी गरी भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने कामलाई बढावा दिएको हो । मासिक लाखौं अवैध रकम लिई सिभिल टोलीले लाइन दिएको खबर केही दिन अगाडि एक सञ्चार माध्यममा आएको थियो।यस विषय प्रति सम्बन्धी निकाय गम्भीर हुनु जरुरी रहेको स्थानीय बुद्धिजीवीहरूको माग छ ।
तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व सङ्कलन कार्यमा प्रभाव पर्दै छ भने अर्को तिर सुरक्षा निकायको प्रमुखको भूमिका माथि प्रश्न चिन्ह उठने विषय बनेको छ । सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेकट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छ ।
भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहट चन्द्रपुर, कटहरिया, गरुडा र बाराको निजगढसम्म पुग्ने गरेको नाम नबताउने शर्तमा एक व्यापारीले बताएका छन् । चोर नाका बाट मात्रै होइन, एउटै प्रज्ञापन पत्र देखाएर दुई तिन चोटि माल सामान छिराउने कार्य गौर भन्सार नाकाबाट भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ललन कुमार चौरसिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्