डडेल्धुरामा ११ जना जुवा खालबाट पक्राउ
डडेल्धुरा । डडेल्धुरामा ११ जना जुवा खालबाट पक्राउ परेका छन् ।
सोमवार राती अमरगढी नगरपालिका–१ मौरोडास्थित धर्मराज जोशीको घरबाट जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दीपक कार्कीले बताउनुभयो ।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मौरडाका ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन् ।
त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दीपक विक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी नगरपालिका–२ का ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दीपक भण्डारी पक्राउ परेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #डडेल्धुरामा ११ जना जुवा खालबाट पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्