जाजरकोट र रुकम पश्चिममा झाडापखाला र श्वासप्रश्वासको समस्या
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकम पश्चिममा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिन थालेको छ। विशेष गरेर पालमा बसेका बालबालिका, गर्भवती, सुत्केरी, वृद्धाहरुमा झाडापखाला र श्वासप्रश्वासको समस्या देखिन थालेको हो।
दूषित खानेपानी र खानपानमा बेमेल हुँदा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिएको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन्। स्वास्थ्यमा समस्या देखिन थालेपछि विशेष रुपमा हेरचाह गरिएको उपचारमा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा। मनिराज क्षेत्रीले बताए।
‘पालमा बसेका भूकम्प पीडितहरुको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेको छ। भूकम्प प्रभावितको उपचारका लागि हामी खटिरहेका छौँ। उपचारसँगै परामर्श दिने कार्य गरिरहेका छौँ,’ उनले भने।
प्रतिष्ठानको चिकित्सकहरुको टोली गाउँमा पुगेर उपचार गर्न थालेपछि भूकम्प पीडितहरुले राहतको अनुभूति गरेको डा। क्षेत्रीको भनाइ छ।
यस्तै अमेरिकन नेपाल मेडिकल फाउण्डेशनले प्रतिष्ठानको टोलीमार्फत सरसफाइ सामग्री उपलब्ध गराइरहेको पब्लिक हेल्थका उपप्राध्यापक डा। ओम काफ्लेले बताए।
अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राध्यापक डाक्टर मुनिराज क्षेत्रीको नेतृत्वमा एसिस्टेन्ट प्रोफेसर डाक्टर ओमप्रकाश काफ्ले, मनोपरामर्शदाता नन्दराज आचार्य, प्राविधिक सहयोगी सन्तोष रावल, पब्लिक हेल्थका विद्यार्थीहरु नरसिङ पुन र रुपेश गिरीसहितको टोलीले प्रभावितलाई सेवा दिइरहेको छ।
प्रतिष्ठानको जनस्वास्थ्य टिमले जाजरकोटका सबै पालिकामा भ्याएर रुकुम पश्चिममा भूकम्पपछिको जनस्वास्थ्यको अवस्था अवलोकन गर्नुका साथै जनस्वास्थ्य र मनोसामाजिक परामर्श दिइरहको उपप्राध्यापक काफ्लेले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जाजरकोट र रुकम पश्चिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्