मध्यरातमा संखुवासभाको खांदबारीमा आगलागी
एक घर जलेर नष्ट
खांदबारी – संखुवासभा सदरमुकाम खाँदबारीमा आइतबार मध्यराति आगलागी भएको छ।
खाँदबारी नगरपालिका–१ नेपाली सेनाको गुल्मभन्दा तलपट्टिको घरमा आगलागी भएको हो।
स्थानीय लीला राईको घरमा आगलागी भएको हो। आगोबाट उनको घर पुर्णरुपमा नष्ट भएको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी संखुवासभाका सहायक निरीक्षक तुलसीराम राईका अनुसार आगलागीबाट घर ध्वस्त भए पनि मानवीय क्षति भएको छैन।
घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेका छन् भने नगद ३१ हजार रुपैयाँ पनि जलेको घरधनी राईले बताएका छन्। र, उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्याएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #आगलागीबाट धनमाल जलेर नष्ट, #खादबारी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्