बर्दिया राष्ट्रिय निकुञ्जबाट बिरामी पाटेबाघको उद्धार
गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका- २ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ । बिरामी तथा घाक्षते अवस्थामा रहेको पोथी पाटेबाघ रेखदेखलगायत उपचारको लागि उद्धार गरिएको हो ।
घिस्रिदै हिँड्दै गरेको पोथी पाटेबाघलाई डार्टमार्फत लठ्याएर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए । १३/१४ वर्ष उमेर पुगेको पोथी पाटेबाघ सन् २०१३ को बाघ गणनाका क्रममा अटोमेटिक क्यामेरामा परेवा ओडारमा तस्बिर कैद भएको थियो ।
गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटेबाघलाई उचित राख्ने ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको अधिकृत दाहालले जानकारी दिए । निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघमध्ये २ वटा रम्भापुरमा र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज खोरमा गरी ५ वटा पाटेबाघ राखिएका छन् ।
बर्दियामा नियन्त्रणमाा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउने गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्