राप्ती ४ मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने
चितवनको राप्ती नगरपालिका – ४ स्थित गैडाढापको मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । मन्दिरको प्रस्तावित गुरुयोजना अनुरुप बाकी रहेका संरचना निर्माणको उद्देश्यले महापुराणको आयोजना गर्न लागिएको हो ।
श्री जय हरि कृतन मण्डपको आयोजनामा मंसिर ४ गतेदेखि ११ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष राजकुमार सेढाईले जानकारी दिनुभयो । महायज्ञको प्रचारप्रसार स्वरुप मंसिर २ गते रत्ननगरको टिकौली देखि राप्तीको लोथर सम्म मोटरसाइकल र~लि गरिने वहाँले बताउनुभयो ।
२०३३ सालमा स्थापित यो मन्दिर करिब ४ बिगाहा क्षेत्रफलमा फैलिएको छ । सम्बन्धित निकायको ध्यान नपुग्दा ओझेलमा परेको यो क्षेत्रलाई धार्मिक तथा सास्कृतिक गन्तव्य बनाउन महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ आयोजक समितीका महासचिव राजेन्द्र प्रसाद डल्लाकोटीले बताउनुभयो । जग्गाजमिन प्रशस्तै भएपनी भौतिक संरचना खासै बनाउन नसकिरहेको अवस्थामा आर्थिक सहयोग जुटाउन तथा उक्त स्थानको प्रचारप्रसार गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको वहाँको भनाइ छ ।
प्रख्यात भागवत वाचिका भागवत मन्जरी राधिका दासीद्वारा वाचन हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एबम सवा करोड दीप प्रज्वलन कार्यक्रममा करिव ५० लाख खर्च हुने अनुमान गरिएको मन्दिर मुल समितीका अध्यक्ष भगवान आचार्यले बताउनुभयो । महापुराणबाट पाँच करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको वहाँको भनाइ छ ।
पुराणमा दैनिक ५ हजार भक्तजन आउने अपेक्षा रहेको सचिवालय प्रमुख मीन राज खरेलले जानकारी दिनुभयो । कार्यक्रम सफल बनाउन मन्दिर परिसर सरसफाइ, रङ्गरोगन गरि पण्डाल निर्माणको काम अन्तिम चरणमा पुगेको खरेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्