उदयपुर अस्पताल कोसी प्रदेशकै पहिलो
उदयपुर : जिल्ला अस्पताल उदयपुर कोसी प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भएको छ। प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य निर्देशनालय धनकुटालले आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्यांकनमा १३ जिल्लालाई पछि पार्दै उदयपुरले पहिलो स्थान हासिल गरेको हो।
आर्थिक वर्ष २०७८/०७९ मा १४ औँ स्थानमा रहेको अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, सरसफाई, विशेषज्ञ सेवामा ल्याएको परिवर्तनकै कारण इतिहास रच्न सफल भएको सूचना अधिकारी योगेश खनालले जानकारी दिए।
निर्देशनालयको मूल्यांकनअनुसार जिल्ला अस्पताल ताप्लेजुङ द्वितीय र जिल्ला अस्पताल सोलु तृतीय भएका छन्। निर्देशनालयको आयोजनामा कात्तिक २१ देखि २३ गतेसम्म सञ्चालित प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा पुरस्कृत गरिएको छ।
पछिल्लो समय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञानेन्द्रकुमार झाको नेतृत्वमा रहेको टिमको अथक मेहनत र प्रभावकारी सेवाकै कारण प्रदेशकै प्रथम बन्न सफल भएको खनालले बताए।
मेसु झाले नेतृत्व लिएसँगै बाल, हाडजोर्नी तथा नसा, प्रसूति तथा महिला, फिजिसियन, सर्जरी लगायतका विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ।
चालु आर्थिक वर्षभित्र नै अस्पतालमा मिगौला रोगीहरूका लागि डायलाइसिस सेवा समेत विस्तार गर्ने लक्ष्य रहेको मेसु झाले बताए। पछिल्लो समयमा अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध भएसँगै छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, सिन्धुली, सप्तरी, भोजपुरका बिरामीहरू समेत सेवा लिन आउने गरेका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्