राति ९ बजेपछि देउसीभैलो खेल्न रोक
बागलुङ : जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी पर्वहरू प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विज्ञप्ति प्रकाशित गरेर राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने बताएका छन्। उनले सुरक्षालार्ई लक्षित गर्दै उक्त निर्णय भएको बताए। यसपटक बागलुङमा बुधबारदेखि नै विभिन्न क्लब, समूहहरूले देउसीभैलो खेल्न सुरु गरेका छन्।
सहायक प्रजिअ बरालले कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानुन विपरीत कार्य गर्ने प्रवृत्तिलार्ई नियन्त्रण गरी खुसीयालीपूर्वक मनाउन, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न जिल्लाबासीलार्ई अपिल गरेका छन्। कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानुन विपरीत कार्य गर्ने प्रवृत्तिलार्ई नियन्त्रण गरी खुसीयालीपूर्वक मनाउन, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न उनले जिल्लाबासीलार्ई अपिल गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्