अदालतबाट दोषी ठहर भइ फरार १० प्रतिवादी पक्राउ
उदयपुर : जिल्ला अदालतको फैसलापछि फरार रहेका १० जना प्रतिवादीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयका लागि खटिएको प्रहरीको विशेष टोलीले वन र गाली बेइजती मुद्धामा कसुर ठहरिएका उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वन मुद्दामा बेलका नगरपालिका–१ का गोविन्द ठाकुर, महिन्द्र राई, चन्द्रबहादुर रोक्का कार्की, बुद्धिमान तामाङ्ग, चन्द्र तामाङ्ग, बेलका २ का जयप्रकाश चौधरी रहेका छन् । त्यसैगरी गालीबेजती मुद्दामा सहदेव चौधरी, संगिता चौधरी, सरिता चौधरी, मानती चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापाले जानकारी दिए ।
वन मुद्दामा अदालतको २०७१ जेठ २१ गतेको फैसलाले गोबिन्दलाई २ महिना २० दिन कैद र ४५ हजार ९६ रुपैयाँ जरिवाना,महिन्द्रलाई २०७३ असार १६ गतेको फैसलाले १७ दिन कैद,चन्द्र रोका, बुद्धिमान र चन्द्र तामाङ्गलाई २ महिना कैद तोकेको छ ।
त्यस्तै वन मुद्दामा नै २०७५ पुस ६ गतेको फैसलाले जयप्रकासलाई २९ हजार ३६२ रुपैयाँ जरिवाना तोकेको डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । गाली बेइजती मुद्दामा अदालतको २०७३ चैत्र ५ गतेको फैसला अनुसार जनही ५ सय जरिवाना तोकिएका सहदेव,संगिता, सरिता र मानतीलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको डीएसपी चौधरीले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्