काभ्रेभीरमा मोटरसाइकलसहित खसेर जर्मन नागरिकको मृत्यु
जोमसोम : म्याग्दी र मुस्ताङको सीमान काभ्रेभीरमा मोटरसाइकलसहित खस्दा जर्मन नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
बिहिबार म्याग्दीबाट मुस्ताङतर्फ जाँदै गरेको मोटरसाइकल बिहिबार साँझ म्याग्दीको अन्नपूर्ण-३ काभ्रेभीरमा दुर्घटना हुँदा जर्मनका नागरिक मनड्रक बिकीको मृत्यु भएको हो।
म्याग्दीको काभ्रेगाउँको १५ सय मिटर उत्तरतर्फको भिरालो सडकमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकल चालक जर्मन नागरिकको लाश भीरमै अड्किएको थियो।
काभ्रेभीरबाट मोटरसाइकलसहित खसेर जर्मन नागरिक भीरमै अड्किएको सूचना पाएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाग्लुङ, म्याग्दी र सशस्त्र प्रहरीको करिव २० जनाको टोली बिहीबार राती नै उद्दार सामाग्रीसहित घटनास्थल पुगेको थियो। मुस्ताङबाट नेपाली सेनाको टोली उद्दार गर्न पुगेका थिए। राति उद्दारमा खटिएको सुरक्षाकर्मीको टोलीले डोरीको सहायताले जर्मन नागरिकको लाश बाहिर निकालेको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए।
राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकखण्डको सबै भन्दा जोखिमयुक्त सडक काभ्रेभीर हो। त्यहाँ चट्टान काटेर सडक विस्तार गरिएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्