साउदीमा ७२ नेपालीले पाए बहिर्गमन भीसा
साउदी अरेबिया : साउदी अरबस्थित नेपाली दूतावास रियादले बहिर्गमन भिसा पाउने ७२ नेपालीको नामावली सार्वजनिक गरेको छ। साउदीमा रोकिएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन्।
दूतावासका अनुसार साउदीको विभिन्न कम्पनीमा कार्यरत रहँदा अनुमतिपत्र ‘अकामा’नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र सरल रूपमा प्रदान गर्नका लागि साउदी सरकारलाई लामो समयदेखि आह्वान गरेको थियो।
दूतावासले बहिर्गमन भिसा प्राप्तिका लागि साउदीमा कार्यरत नेपालीको अकामाको म्याद सकिएको ३ महिना बढी भइसकेको हुनुपर्ने,साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि अकामा नबनाइदिएका वा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिने,अकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ राजदूतावासबाट गर्न नमिल्ने साथै कुनै केस वा जरिवाना छ भने उक्त व्यक्तिको एक्जिट भिसा नलाग्ने जनाएको छ।
बहिर्गमन भिसा प्राप्तका लागि प्रोसेसिङ निःशुल्क हुनेछ भने एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग रहेकाले दूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने जनाएको छ।
साउदीमा कार्यरत रहँदा जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन (जवाजत) कार्यालयबाट मात्रै एक्जिट भिसाको प्रोसेसिङ गर्नुपर्ने साउदी नियम छ। नेपाली दूतावासले साउदीमा कार्यरत नेपालीलाई राहदानी नवीकरण लागि अस्थायीरूपमा राहदानी आवेदन संकलनका लागि साउदीको रियाद ,ताबुक, आभा, खमिस, दमाम, हाईल जुवेल, जिजान सहरमा व्यवस्था गर्दै आइरहेको
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्