अरिङगालको टोकाइबाट एक महिलाको मृत्यु
साँफेबगर । अछाममा अरिङगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । चौरपाटी गाउँपालिका वडा नं।४ पायल खेतालीगाउँ अछामकी २९ वर्षीया सरस्वती देउकरको अरिङगालको टोकाइबाट मृत्यु भएको हो ।
घर नजिकै घाँस काट्ने क्रममा अरिङगालको गोलाले टोकेपछि उनी चिच्याएकी थिइन् । उनी चिच्याएको थाहा पाएपछि घर परिवार र छिमेकीहरूले बयालपाटा अस्पताल पुर्याए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
मृतक देउकरका १० महिने दुधे बालक सहित ३ वटा नाबालक बच्चाहरू रहेका छन् । घरको सम्पूर्ण जिम्मेवारी बोकिरहेकी देउकरका श्रीमान् भर्खरै कामको सिलसिलामा मलेसियामा हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्