भूकम्प प्रभावितलाई बागमती प्रदेशमा कार्यरत कर्मचारीको एक करोड २५ लाख सहयोग
मकवानपुर, २२ कात्तिक । जाजरकोट भूकम्प पीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् ।
बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो ।
गत कात्तिक १७ गते गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताए ।
बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाको लागि बागमती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृतस्तरका कर्मचारीको दुई दिनको तलब र अन्य सबै कर्मचारीको एक दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिए ।
उनका अनुसार उक्त रकम सङ्कलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने छ । प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिवको तीन दिन बराबरको, उपसचिव र शाखा अधिकृतको दुई दिन बराबरको र अन्य कर्मचारीको एक दिनको तलब रकम अनुमानित रु एक करोड २५ लाख हुन आउने उपाध्यायले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्