बागमती प्रदेश मन्त्रीका पीएसओ झुण्डिएको अवस्थामा भेटिए
मकवानपुर : बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ ४० वर्षीय यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् । उनको शव आज बिहान साढे ६ बजे हेटौंडा-११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए
इलाका प्रहरी कार्यालय खानीखोला धादिङ दरबन्दी भइ हाल मन्त्री दुलाललको पीएसओ रहेका सुवेदीको शव मन्दिर नजिकैको सालको रुखमा कालो पेटीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको प्रवक्ता भण्डारीले बताए ।
प्रहरीले शव बिहानै फेला पारेको भएपनि भर्खरै मात्रै शवको सनाखत भएको हो ।
शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । मृतकको हत्या भएको वा आफैंले आत्महत्या गरेको हो भन्ने विषयमा यकिन भएको छैन घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्