मध्यरातमा काठमाडौंका प्रहरीले नै गरे लुटपाट, असईसहित तीनजना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत तीनजना प्रहरी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुन बहादुर तामाङ, हवल्दार खगराज अधिकारी र जवान भुवन बराल लुटपाट आरोपमा पक्राउ परेका हुन् ।
स्रोतका अनुसार पक्राउ परेका उनीहरुले दुई जनालाई जे मुद्दामा पनि फसाइदिने भन्दै महाराजगञ्जस्थित सडकमा पैसा लुटेका थिए । घटना एक महिनाअघिको हो ।
महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन् ।
पक्राउ परेका तीनै जना सिआरभीमा काम गर्ने प्रहरी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौका एक प्रहरी अधिकारीले बताए । काठमाडौं परिसरले थुनामा राखी उनीहरुविरुद्ध थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्