प्रधानमन्त्री र काँग्रेस सभापति देउवाबीच भेट, कांग्रेसद्वारा ५० लाख हस्तान्तरण
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट गर्नुभई भूकम्प पीडितहरूको सहयोगका लागि नेपाली काँग्रेसका तर्फबाट ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
सभापति देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई साथ लिएर बिहान प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्रीले सरकारले भूकम्प प्रभावित क्षेत्रमा गरिएको उद्धार, उपचार र राहतका बारेमा सभापति देउवालाई जानकारी गराउनुभएको थियो ।
भेटमा सभापति देउवाले सरकारले गरेको भूकम्प पीडितहरूको उद्धार, उपचार कार्यको प्रशंसा गर्नुहुँदै राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिनुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्