पूर्वप्रधानमन्त्री माधव नेपाल चीन भ्रमणमा जाँदै
काठमाडौं, २१ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज चीन भ्रमणमा जाँदैछन् ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहित १५ नेताको टोली चीन भ्रमणमा जान लागेका हुन् । दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले देश शोकमा रहेको बेला चीन भ्रमणमा जान लागेको भन्दै पूर्वप्रधानमन्त्री नेपालको चौतर्फी आलोचना भइरहेको छ ।
जाजरकोट भूकम्पले देश शोकमा रहेको बेला पूर्वप्रधानमन्त्री नेपाल विदेश भ्रमणमा जान नहुने जानकारहरू बताउँछन् ।
भूकम्पका कारण राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् । देश शोकमा रहेको बेला राष्ट्र प्रमुख विदेश भ्रमणमा जान नहुने भन्दै आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
राष्ट्रपति पौडेल आफ्नो विदेश भ्रमण स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट जादैँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##Bearking, #माधव नेपाल चीन भ्रमणमा जाँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्