जाजरकोट भूकम्पको घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टर तयारी अवस्थामा
काठमाडौँ, १८ कात्तिक । जाजरकोट भूकम्पका घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँमा पनि ल्याइने बताइएपछि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले दुबै अस्पतालका एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए ।
‘हामीलाई काठमाडौँ पनि घाइतेहरुलाई ल्याईदैछ तयारी हुनु भन्ने निर्देशन आयो । त्यस लगत्तै हामीले वीर र ट्रमा पदाधिकारीसहित आकस्मिक बैठक बस्यौँ र तयारी गर्यौँ । अहिले एम्बुलेन्सहरु एयरपोर्ट पुगेको छ । ट्रमा सेन्टरका इमरजेन्सी ३८ बेड भूकम्पका घाइतेका लागि तयारी अवस्थामा राखिएको छ । आईसीयू र ओटी वीर र ट्रमाका दुबै तयारी अवस्थामा छन्,’ उपकुलपति प्राडा बस्नेतले भने ।
वीरका चिकित्सकले जाजरकोट पुगेर काम सुरु गरे
यसैबीच गएरातीको भूकम्पबाट घाइते भएकाहरुको उपचार गर्न वीर अस्पतालबाट डा खुस्बु झाको नेतृत्वमा गएको चिकित्सक टोलीले जाजरकोट अस्पताल पुगेर काम सुरु गरेको छ ।
उपकुलपति प्राडा बस्नेतले वीरको टोलीले जाजरकोट पुगेर उपचार सेवामा खटिईसकेको बताए ।
जाजरकोटमा काठमाडौँबाट वीर, नेपाली सेना, नेपाल प्रहरीका अस्पतालबाट मात्रै ४१ जना चिकित्सक, नर्स तथा प्यारामेडिक्सको टोली जाजरकोट गएको छ ।
सरकारले जाजरकोट भूकम्पका घाइतेलाई थप उपचारका लागि काठमाडौँ पनि ल्याउनु पर्न सक्ने बताएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्