Techie IT
बिहीबार, कात्तिक २७,२०८३

सिटी एक्सप्रेस ग्रुपले भूकम्प पीडितको राहतका लागि २५ लाख दिने


सिटी एक्सप्रेस ग्रुपले भूकम्प पीडितको राहत का लागि २५ लाख दिने घोषणा गरेको छ ।

सिटी एक्सप्रेस ग्रुप पा.लि.का निर्देशक महेशकुमार श्रेष्ठको अनुसार जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी मृत्यु भएका परिवारलाई राहत सहयोग पू¥याउन २५ लाख दिने निर्णय गरेको हो ।

शुक्रवार मध्यराती जाजरकोट केन्द्र बिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा त्यस क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

निर्देशक श्रेष्ठले विपद्को सामना र विपद्मा परेकाहरूको उद्धार,राहतका लागि सबैले क्षमता अनुसारको सामूहिक सहयोग गर्नुपर्ने बताए । ‘अहिले जाजरकोट र रुकुम पञ्चिम शोकमा छ, उनीहरूलाई राहत,व्यवस्थापन र उपचारको खाँचो छ ,निर्देशक श्रेष्ठले भने,‘ हामीले पनि यो विपद्को राष्ट्रिय घडीमा एकताबद्ध हुँदै राहत कोषमा २५ लाख दिने निर्णय गरेका हौँ ।सबैको सहयोग भूकम्प पीडितलाई अहिलेको आवश्यकता हो ।’


क्याटेगोरी : समाचार
ट्याग : #सिटी एक्सप्रेस ग्रुप


तपाईको कमेन्ट लेख्नुहोस्