जाजरकोट भूकम्पमा मृत्यु हुनेकाे संख्या घट्याे, १ सय ४७ जनाको अन्तिम संस्कार
जाजरकोट रामीडाँडामा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएका १ सय ५३ जना मध्ये १ सय ४७ जनाको अन्तिम संस्कार गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १ सय १ जना मध्ये ९५ जनाको शव आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् ।
यसअघि जाजरकोटका तीन पालिकामा १ सय ५ जनाको मृत्यु भएको भनिए पनि मृतकको संख्या भने घटेको छ । मृतक चार जनाको नामावली दोहोरो परेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार ६ जनाको शव आफन्तले अझै बुझेका छैनन् ।
यस्तै रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाकै आफन्तद्वारा अन्तिम संस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टाईले मृतकहरूको आइतबार नै अन्तिम संस्कार गरिएको बताए
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्पमा मृत्यु हुनेकाे संख्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्