भूकम्पका घाइतेको अवस्था बुझ्न उपप्रधानमन्त्री खड्का भेरी अस्पतालमा
नेपालगन्ज । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरूलाई भेट्नुभएको छ । आज अपराह्न भेरी अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री खड्काले जाजरकोट भूकम्पका घाइतेहरूको अवस्था बुझ्नुभएको हो ।
उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो । उहाँले सरकारले घाइतेहरूको निस्शुल्क औषधि गर्ने जानकारी गराउँदै उपचार, प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालहरूमा भइरहेको भूकम्प प्रभावित घाइतेहरूको उपचार, उद्धार र राहतका लागि भएका कामहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। पवनजंग रायमाझीले अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी गराउनुभएको थियो । सरकारले भूकम्प प्रभावित जिल्लाहरूका घाइतेको उपचारका लागि भेरी अस्पताललाई “डेडिकेटेड अस्पताल” तोकेको छ । भेरीमा भूकम्पका घाइतेको उपचारका लागि १०५ बेड छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिममा ३७ जना घाइतेहरूको भेरीमा उपचार भइरहेको छ । एक जना भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #भूकम्पका घाइतेको अवस्था बुझ्न उपप्रधानमन्त्री खड्का भेरी अस्पतालमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्