भूकम्प पीडितलाई राप्तीसोनारी गाउँपालिकाको तीन लाख पचास हजार सहयोग
बाँके । गत शुक्रबार कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट प्रभावितहरूका लागी राप्तीसोनारी गाउँपालिकाले ३ लाख ५० हजार सहयोग गरेको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले हिजो बसेको बिपद व्यवस्थापन समितिको बैठकमा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
अध्यक्ष पौडेलले विपतको बेला सबैले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउँदै जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागी सहयोगार्थ ३ लाख ५० हजार सहयोग उपलब्ध गराएको बताउनुभयो । प्राकृतिक प्रकोपबाट जुधिरहेका प्रभावित क्षेत्रका बासिन्दालाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाले पनि सहयोग गरेको गाउँपालिका अध्यक्ष पौडेलको भनाइ छ ।
प्राकृतिक विपद्ले निम्त्याएको प्रकोपबाट भएको धनजनप्रति राप्तीसोनारी गाउँपालिका मर्माहत भएको छ अध्यक्षले भने‘दुखद यस घडीमा प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सहयोग र सहकार्यका लागि राप्तीसोनारी गाउँपालिका सँगै रहेको जानकारी गराउँछु ।
त्यस्तै गाउँपालिकाले भूकम्पबाट प्रभावित जाजरकोट जिल्लाका नागरिकहरूको लागि एक लाखको औषधि, एक लाखको खाद्यान्न तथा २० थान त्रीपाल र २० थान ब्लान्केट साथै एकजना चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा सहयोगको लागि पठाइएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प पीडित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्