सरकारले तिहारका लागी २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने
य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भारतबाट चिनी आयात भएपछि बजारमा अहिले देखिएको चिनीको अभाव कम हुँदै जानेछ, चिनीको मूल्य पनि सस्तो हुनेछ ।”
चिलुवालका अनुसार बजारमा चिनीको अभाव भएको गुनासाहरू आएपछि नियमित अनुगमनका क्रममा विभागले मात्र ८५ हजार केजी चिनी जफत गरिएको छ ।
उहाँले भन्नुभयो, बजारमा चिनीको कालोबजारी बढेको गुनासो आएपछि विभागले अनुगमन गर्दा अवैध ८५ हजार केजी चिनी फेला पारिएको छ । यसलाई भन्सार प्रशासनको जिम्मा लगाइएको छ ।
नेपाल खुद्रा व्यापार सँगका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार बजारमा चिनीको अभाव हुन नदिनका लागि थप तीन हजार मेट्रिक चिनी बजारमा पठाइएको छ । बज्राचार्यले भन्नुभयो, चाडपर्वको समयमा चिनीको अभाव भएको समयमा तीन हजार मेट्रिक टन चिनी बजारमा पठाएका छौँ । आवश्यक परेको खण्डमा अझै सहयोग गर्न तयार छौँ ।
के हुन्छ बरामद भएको चिनी ?
अनुगमन गर्दा भन्सार महसुल नबुझाई ल्याएको वा दर्ता नभएको कम्पनीले ल्याएको चिनी बरामद हुन्छ । अनुगमनका लागि धेरै चिनी मौज्दात राखी बजारमा कृत्रिम अभाव सृजना गराई राखेको चिनी भेटिए पनि बरामद गर्ने प्रचलन छ ।
चिनी बरामद भएको चिनी भन्सार प्रशासनमा बुझाएपछि निश्चित समयसम्म आयात कर्तालाई आवश्यक बिल बिजकहरु ल्याएर चिनी लैजान दिइन्छ । दिइएको समयमा बिल विजकहरु नल्याएको खण्डमा उक्त चिनी सरकारको स्वामित्वमा हुने र सरकारले लिलाम बिक्री वा आफ्नो स्वामित्वमा रहेका कम्पनीमार्फत बिक्री गर्न सक्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #चिनी खरिद प्रक्रिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्