नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालोपट्टी बाँधेर फाइनल खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानविरुद्धको फाइनल खेल कालोपट्टी बाँधेर खेल्ने भएका छन्।
शुक्रबार मध्यराति जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा नेपाली टोलीले कालोपट्टी बाँधेर खेल्न लागेको हो। टोलीले पाखुरामा कालोपट्टी बाँधेर खेल्न लागेका हुन्।
नेपाल क्रिकेट संघले आजको खेलमा टिकट बिक्रीबाट आएको ५० प्रतिशत रकम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने घोषणा गरिसकेको छ।
आईसीसी टी(२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपालले सेमिफाइल खेलेको टोलीबाट आजको खेलमा एक परिवर्तन गरेको छ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरा टोलीमा फर्किएका छन्।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #नेपाली राष्ट्रिय क्रिकेट टोलीले कालोपट्टी बाँधेर फाइनल खेल्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्