Techie IT
मंगलबार, भदौ २३,२०८३

तारा एयरका दुई पाइलटबीच कुटाकुट,उडानमा प्रतिबन्ध


काठमाडौं :

कुटाकुटको कारण भने खुलेको छैन। कुटाकुटको घटना सार्वजनिक भएसँगै विमान कम्पनीले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताए। उनले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको बताए।

उनले भने,’दुई क्याप्टेनबीच कुटाकुट भएको कुरा छ। छानबिन समिति बनाएर कुरा बाहिर ल्याउनेछौं। दुवैजना क्याप्टेनलाई सस्पेन्स गरिएको छ।

प्रवक्ता बर्तौलाका अनुसार व्यक्तिगत रिसिबीका कारण कुटाकुट भएको  हुनसक्ने बताए।

रामेछापको विमानस्थलमा दुई पाइलटबीच कुटाकुट भएको छ। तारा एयरका क्याप्टेन संजीव श्रेष्ठ र  सन्तोष शाहबीच विमानस्थलको एप्रोनमा  कुटाकुट भएको हो।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्