आमाविरुद्ध र्याप गीत निकालेपछि मीना ढकालले भनिन्–‘छोरो सुधार गृहमा छ’
काठमाडौं, १६ कात्तिक । हाँस्यकलाकार मनोज गजुरेलको मीना ढकालसँगको वैवाहिक सम्बन्ध टुटेको पनि ६ वर्ष भइसकेको छ । तर मीनाले भने अझै सामाजिक सञ्जालमार्फत गाली गर्न भने छाडेकी छैनन् ।
गजुरेलले दोस्रो विवाह पनि गरिसकेका छन् । पछिल्लो समय मीनाले छोरासँग सम्बन्ध सुध्रिएको भन्दै टिकटकमा भिडियो राख्दै आएकी छिन् । तर,छोरा मिरोज गजुरेलले भने आमाको विभिन्न पोल खोलेरै ¥याप गीत सार्वजनिक गरेका छन् । जसमा मीना र उनका आफन्तबारे व्यंग हानेका छन् ।
मिराजले आफ्नो बाल्यकालदेखि आमाले विभिन्न किसिमले यातना दिएको भन्दै तल्लोस्तरको गालीगलौज समेत गरेका छन् । उनले ¥यापमा आमाको पछि लाग्ने युट्युुबरहरुलाई पनि भेडाबाख्राको संज्ञा दिएका छन् ।
सम्बन्ध विच्छेदपछि मीना एक्लै बस्दै आएकी छिन् । छोरी सुरुमा आमासँग बसेपनि पछि मनोजकै घरमा फर्किएकी थिइन् हाल उनी क्यानडा पुगिसकेकी छिन् ।
मिराजले अब आमा नचाहिने र सौतेनी आमा र बुवाकै मायामा बस्ने बताएका छन् ।
छोराको ¥यापको खण्डन गर्दै मीनाले सामाजिक सञ्जाल टिकटकमार्फत छोरा लागऔषध खाने र अहिले सुधारगृहमा रहेको बताएकी छिन् । उनले भनिन्–“उ अहिले मानसिक अस्वस्थ्य भएर ६ महिनादेखि चितवनको पर्साको सुधार गृहमा राखेको छ । अस्तिमात्र म भेट्न गएको थिए । मैले नै मोबाइल पठाइदिएको छु ।”
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्